बुधबार, पुस २, २०८२

अल नासरबाट रोनाल्डोलाई पहिलो उपाधि

 |  आइतबार, साउन २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २८, २०८०

कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलमा अल नासरले फाइनलमा अल हिलालविरुद्ध २–१ को जित निकाल्दै अरब क्लब च्याम्पियन्स कपको उपाधि जितेको छ। साउदी अरेबियन क्लब अल नासरमा भित्रिएपछि रोनाल्डोलेजितेको यो पहिलो उपाधि हो।

National life

अल हिलालको घरेलु मैदान किङ फाहद रंगशालामा सम्पन्न खेलमा अल नासरका लागि दुवै गोल रोनाल्डोले गरे। अल हिलालका माइकलले गोल गरे पनि हार टार्न भने सकेनन्।

खेलमा सुरुआती अग्रता भने अल हिलालले बनाएको थियो। ५१औँ मिनेटमा माइकलले गरेको गोलबाट हिलालले अग्रता कायम गरेको थियो। तर, ७४औँ मिनेटमा रोनाल्डोले गोल गर्दै नासरलाई खेलमा फर्काएका थिए। यसपछि दुवै टिमबाट गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो।

९८ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई २–१ को अग्रतामा राखेका थिए। यसपछि अल हिलालले गोल फर्काउन नसक्दा नासरले २–१ को जितसहित अरब कपको उपाधि उचाल्यो।
 

प्रकाशित: Aug 13, 2023| 06:50 आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्