मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थमन्त्री महतले भने– अर्थतन्त्रमा देखिएका समस्या अस्थायी

अर्थमन्त्री महतले भने– अर्थतन्त्रमा देखिएका समस्या अस्थायी

नेपालको अहिलेको चुनौती देशभित्रै रोजगारी सिर्जना गरी युवालाई विदेश जानबाट रोक्नु रहेको अर्थमन्त्री महतको धारणा।
 |  शनिबार, साउन २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन २७, २०८०

काठमाडौं– अर्थतन्त्रमा देखिएका समस्या अस्थायी भएकाले आत्तिइहाल्नुपर्ने अवस्था नरहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन्।

National life

आज ललितपुरमा आयोजित कार्यक्रम सहभागी मन्त्री महतले अर्थतन्त्रले गति लिइरहेकाले अहिले देखिएका समस्या अस्थायी प्रकृतिका भएको बताएका हुन्।

नेपालमा व्यापार व्यवसाय गर्न ठूलो अवसर रहेको र नेपालको आइटी क्षेत्रले उल्लेखनीय काम गरिरहेकाले प्रविधिमा लगानी बढाउन उनले आग्रह गरे।

‘अहिले कोरोनालगायत विविध कारणले अर्थतन्त्रमा केही समस्या देखिए पनि अस्थायी हो। कोही आत्तिनुपर्दैन। नेपालमा व्यापार व्यवसाय गर्न ठूलो अवसर छ। विदेश गएकाले पनि नेपालमा अवसर छ भनेर फर्किएर आएर यहाँ प्रविधि प्रयोग गरेर राम्रो गरिरहका छन्’, उनले भने।

यस पटकको बजेटमा आइटी क्षेत्रमा लगानी गर्नेलाई ५० प्रतिशत कर छुट दिइएको अर्थमन्त्री महतले बताए। नेपालको अहिलेको चुनौती देशभित्रै रोजगारी सिर्जना गरी युवालाई विदेश जानबाट रोक्नु रहेको उनको भनाइ छ।

प्रकाशित: Aug 12, 2023| 16:26 शनिबार, साउन २७, २०८०
प्रतिक्रिया दिनुहोस्