शुक्रबार, साउन २, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थमन्त्री महतले भने– अर्थतन्त्रमा देखिएका समस्या अस्थायी

अर्थमन्त्री महतले भने– अर्थतन्त्रमा देखिएका समस्या अस्थायी

नेपालको अहिलेको चुनौती देशभित्रै रोजगारी सिर्जना गरी युवालाई विदेश जानबाट रोक्नु रहेको अर्थमन्त्री महतको धारणा।
 |  शनिबार, साउन २७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, साउन २७, २०८०

vianetvianet

काठमाडौं– अर्थतन्त्रमा देखिएका समस्या अस्थायी भएकाले आत्तिइहाल्नुपर्ने अवस्था नरहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन्।

आज ललितपुरमा आयोजित कार्यक्रम सहभागी मन्त्री महतले अर्थतन्त्रले गति लिइरहेकाले अहिले देखिएका समस्या अस्थायी प्रकृतिका भएको बताएका हुन्।

नेपालमा व्यापार व्यवसाय गर्न ठूलो अवसर रहेको र नेपालको आइटी क्षेत्रले उल्लेखनीय काम गरिरहेकाले प्रविधिमा लगानी बढाउन उनले आग्रह गरे।

‘अहिले कोरोनालगायत विविध कारणले अर्थतन्त्रमा केही समस्या देखिए पनि अस्थायी हो। कोही आत्तिनुपर्दैन। नेपालमा व्यापार व्यवसाय गर्न ठूलो अवसर छ। विदेश गएकाले पनि नेपालमा अवसर छ भनेर फर्किएर आएर यहाँ प्रविधि प्रयोग गरेर राम्रो गरिरहका छन्’, उनले भने।

यस पटकको बजेटमा आइटी क्षेत्रमा लगानी गर्नेलाई ५० प्रतिशत कर छुट दिइएको अर्थमन्त्री महतले बताए। नेपालको अहिलेको चुनौती देशभित्रै रोजगारी सिर्जना गरी युवालाई विदेश जानबाट रोक्नु रहेको उनको भनाइ छ।

प्रकाशित: Aug 12, 2023| 16:26 शनिबार, साउन २७, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

बोर्डको कुल बजेटमध्ये ७० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजारलक्षित प्रवर्द्धन र जनसम्पर्कमा खर्चिने निर्णय गरिएको छ।
गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा खुम्चिएको हो।