शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई वाणिज्य बैंकमध्ये सबैभन्दा बढी कर तिर्ने सूचीको पहिलो नम्बरमा

ग्लोबल आइएमई वाणिज्य बैंकमध्ये सबैभन्दा बढी कर तिर्ने सूचीको पहिलो नम्बरमा

आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म दाखिला भएको करको आधारमा ग्लोबल आइएमईले सबै वाणिज्य बैंकले उछिनेको हो। 
 |  शनिबार, साउन २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन २७, २०८०

काठमाडौं– वाणिज्य बैंकमध्ये ग्लोबल आइएमई सबैभन्दा धेरै कर तिर्ने गर्ने सूचीको पहिलो नम्बरमा परेको छ। 

आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म दाखिला भएको करको आधारमा ग्लोबल आइएमईले सबै वाणिज्य बैंकले उछिनेको हो। 

अर्थ मन्त्रालयका अनुसार ग्लोबल आइएमई बैंकलाई गत आवमा सरकारलाई ५ अर्ब ४३ करोड रुपैयाँ कर तिरेको छ।

बैंकले गत आवमा ७ अर्ब २५ करोड खुद नाफा गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४६.२६ प्रतिशत बढी हो। बैंकले अघिल्लो आव २०७८÷७९ मा ३ अर्ब १७ करोड रुपैयाँ कर दाखिला गरेको थियो। ग्लोबल आइएमई बैंक २१ वटा बैंक तथा वित्तीय संस्था मिलेर बनेको हो।

प्रकाशित: Aug 12, 2023| 16:05 शनिबार, साउन २७, २०८०
प्रतिक्रिया दिनुहोस्