शुक्रबार, साउन २, २०८२

कांग्रेसले अवरुद्ध संसद् खुलाउन पहल लिनुपर्छः प्रकाशमान सिंह

निरन्तर अवरुद्ध गरिँदा कानुन निर्माणदेखि जनताबाट समेत औंला ठड्याइन थालेकाले ठूलो दलको हैसियतमा कांग्रेसले अवरोध खुलाउन अग्रसर हुनुपर्ने नेता प्रकाशमानको तर्क।
 |  शनिबार, साउन २७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, साउन २७, २०८०

vianetvianet

काठमाडौं– निरन्तर भइरहेको संसद् अवरुद्ध खुलाउन कांग्रेसले पहल थाल्नुपर्ने नेता प्रकाशमान सिंहले बताएका छन्। निरन्तर अवरुद्ध गरिँदा कानुन निर्माणदेखि जनताबाट समेत औंला ठड्याइन थालेकाले ठूलो दलको हैसियतमा कांग्रेसले अवरोध खुलाउन अग्रसर हुनुपर्ने उनले बताएका हुन्।

आज कांग्रेस काठमाडौं १ ले आयोजना गरेको कार्यक्रममा नेता सिंहले संवादमार्फत संसद् सुचारु गर्न प्रतिपक्षी एमालेले सबैभन्दा बढी त्याग गर्नुपर्ने धारणा व्यक्त गरे। ‘एमालेले निरन्तर संसद् अवरोध गरिरहेको छ। संसद् अवरुद्ध भइरहनु राम्रो होइन। ठूलो दलको हैसियतमा कांग्रेसले नै संसद् अवरोध हटाउन पहल गर्नुपर्छ,’ सिंहले भने।

विगतमा पनि कांग्रेसले अगुवाइ गरेर धेरै विषयको राजनीतिक गतिरोध अन्त्य भएकाले अहिले अवरुद्ध संसद् पनि खुलाउन सकिने उनको धारणा थियो। एमालेले १० साउनदेखि अवैध सुन बरामद प्रकरणलाई लिएर उच्चस्तरी छानबिन समिति गठन माग गर्दै संसद् अवरोध गर्दै आएको छ।

प्रकाशित: Aug 12, 2023| 15:39 शनिबार, साउन २७, २०८०
प्रतिक्रिया दिनुहोस्