शुक्रबार, साउन २, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • संघीय सरकारलाई सुम्पियो कर्णालीका किसानको ‘मूल्यवान’ लोगो 

संघीय सरकारलाई सुम्पियो कर्णालीका किसानको ‘मूल्यवान’ लोगो 

कर्णालीमा उत्पादित कृषि उत्पादनमा आफ्नै लोगो टाँसेर बजारमा पठाउन सुरु गरेकाले केन्द्र सरकारले अन्तर्राष्ट्रिय बजारीकरणमा सहयोग गर्ने कृषिमन्त्री भुसालको प्रतिबद्धता।
 |  शनिबार, साउन २७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, साउन २७, २०८०

vianetvianet

कर्णाली– कर्णाली प्रदेश सरकारले यहाँका किसानको सम्पदा नामक ‘मूल्यवान’ लोगो संघीय सरकारलाई हस्तान्तरण गरेको छ। प्रदेश सरकारले उक्त लोगो ११ साउनमा सार्वजनिक गरेको थियो। 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा आयोजित एकदिने ‘कृषि तथा पशुपक्षी विकाससम्बन्धी समन्वयात्मक छलफलमा शुक्रबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले संघीय मन्त्री डा. वेदुराम भुसाललाई लोगो हस्तान्तरण गरेका हुन्। 

लोगो ग्रहण गर्दै मन्त्री डा. भुसालले कर्णालीमा उत्पादित कृषि उत्पादनमा आफ्नै लोगो टाँसेर बजारमा पठाउन सुरु गरेकाले संघीय सरकारले यसको अन्तर्राष्ट्रिय बजारीकरण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए।

‘कर्णालीमा मूल्यवान कृषिजन्य वस्तु उत्पादन हुन्छन् भन्ने सन्देश ‘मूल्यवान’ लोगोबाट विश्वभर प्रवाह गर्न संघ सरकार तयार छ’, उनले भने, ‘रैथाने, प्रांगारिक र मूल्यवान कृषि वस्तु उत्पादनमा वृद्धि गर्न सके मात्र ‘मूल्यवान’ लोगोको अर्थ रहन्छ।’ यसको प्रचारप्रसार विश्वभर गर्न सकिए नेपालकै नाम उँचो हुने र त्यसले मुलुकको गौरव बढाउने मन्त्री डा. भुसालको भनाइ थियो।

लोगो हस्तारण गर्दै कर्णाली प्रदेश सरकारका भूमि मन्त्री शर्माले ‘लम्पीस्किन’रोग नियन्त्रणमा राहत, प्रयोगशाला सञ्चालनमा बजेटलगायत व्यवस्था गर्न माग गरे। उनले किसानलाई प्रांगारिक मलको फाइदाबारे जानकारी दिनुपर्ने भन्दै पशुपालनमा किसानलाई प्रेरित गर्ने कार्यक्रम सञ्चालन गर्न सके रासायनिक मल प्रयोगमा रोकथाम हुने बताए। 

अर्गानिक उत्पादनका लागि प्रांगारिक मलको व्यवस्थापन र अनुदानमा विशेष कोटा निर्धारण गरी प्रदेश सरकारलाई बजेटको व्यवस्था गर्न मन्त्री शर्माले मन्त्री भुसालको ध्यानाकर्षण गराए।

मन्त्री शर्माले समन्वय बैठकमा सहभागी अन्तर प्रदेशका कृषिमन्त्री तथा सचिवसहित पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई समेत कर्णालीका किसानको सम्पदा ‘मूल्यवान’ हस्तान्तरण गरेका  थिए।–रासस

प्रकाशित: Aug 12, 2023| 17:25 शनिबार, साउन २७, २०८०
प्रतिक्रिया दिनुहोस्