आइतबार, वैशाख २७, २०८३

सुशासन दिन नसके सरकारको दिनगन्ती सुरुः शेखर कोइराला 

कांग्रेसका भ्रातृ संस्था तरुण दल, नेविसंघ र नेपाल महिला संघको नेतृत्व विधि र विधानअनुसार चल्न नसकेको शेखर आक्रोश।
 |  शनिबार, साउन २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन २७, २०८०

काठमाडौं– कांग्रेस नेता शेखर कोइरालाले भ्रष्टाचार अन्त्य र सुशासन प्रत्याभूति दिन नसके पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार धेरै दिन टिक्नै नसक्ने बताएका छन्।

National life

कांग्रेस भक्तपुर २ प्रदेशसभा ‘ख’ ले आयोजना कार्यक्रममा सहभागी नेता कोइरालाले नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि भ्रष्टाचार अन्त्य हुनैपर्ने बताएका हुन्।

अमेरिकाको पछिल्लो वैदेशिक नीतिमा पनि नेपालमा लगानीका लागि भ्रष्टाचार र सुशासन मुख्य समस्या रहेको औंल्याइएको उल्लेख गर्दै त्यसलाई कम गर्न सत्तारुढ गठबन्धन र सरकारले जोड दिनुपर्ने सुझाव उनको छ।

‘भ्रष्टाचार र सुशासन यो सरकारले दिन सकेन भने धेरै दिन टिक्न सक्दैन भन्ने कुरा पनि तपाईंहरुमाझ राख्न चाहन्छु। यो अत्यन्त गम्भीर विषय छ। अमेरिकाले अहिले आफ्नो इन्भेस्टमेन्ट पोलिसी बनाएको छ। नेपालमा प्रचुर सम्भावना छ भन्छ। तर सँगसँगै के भने नेपाल सबैभन्दा भ्रष्टाचार हुने मुलुक हो भन्छ। दोस्रो कुरा, के भन्छ भने राजनीतिक अस्थिरता छ भन्छ,’ उनले भने।

कर्मचारीतन्त्र, लचिलो कानुन बनाएर सम्बोधन गर्न सकिए समुन्नत नेपाल बनाउन सकिने उनको भनाइ छ।

कांग्रेसका भ्रातृ संस्था तरुण दल, नेविसंघ र नेपाल महिला संघको नेतृत्व विधि र विधानअनुसार चल्न नसकेको र पार्टीभित्रै प्रतिशोधको राजनीति हुन थालेको भन्दै आक्रोश व्यक्त गरे।

प्रकाशित: Aug 12, 2023| 14:26 शनिबार, साउन २७, २०८०
प्रतिक्रिया दिनुहोस्