शुक्रबार, साउन २, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सुन तस्करी प्रकरणः अध्यागमनको सर्त मानेपछि छुटे रोहन अडुकिया, दुई चिनियाँ पनि रिहा

सुन तस्करी प्रकरणः अध्यागमनको सर्त मानेपछि छुटे रोहन अडुकिया, दुई चिनियाँ पनि रिहा

अध्यागमन विभागको नियन्त्रणमा रहेका व्यापारी रोहन अडुकिया आज बिहान छुटेको स्रोतले बताएको हो।
 |  शनिबार, साउन २७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, साउन २७, २०८०

vianetvianet

काठमाडौं– ३ साउनमा त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भई बाहिरिएको अवैध एक क्विन्टल सुन तस्करीमा संलग्न रहेको आशंकामा शुक्रबार अध्यागमन विभागले नियन्त्रणमा लिएका व्यापारी रोहन अडुकिया बोलाउनासाथ हाजिर हुने सर्तमा रिहा भएका छन्।

रोहन अवैध सुन तस्करीमा संलग्न रहेको आरोपमा थुनामा रहेका व्यापारी राकेश अडुकियाका छोरा हुन्। अध्यागमन विभागको नियन्त्रणमा रहेका व्यापारी अडुकिया आज बिहान छुटेको स्रोतले बताएको हो।

शुक्रबार दिउँसो दिल्लीबाट एयर इन्डिगो विमानमार्फत काठमाडौं आएका अडुकियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनले नियन्त्रणमा लिएको थियो। अवैध सुन कारोबारमा अडुकिया बाबुछोरा नै संलग्न रहेको आशंका राजस्व अनुसन्धान विभागको छ। 

तर शुक्रबार भारतबाट विमानस्थल ओर्लिएका अडुकियालाई राजस्व अनुसन्धान विभागले बुझ्न नमानेपछि अध्यागमनले नियन्त्रणमा लिएको बताइन्छ। हाल अवैध सुन प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरिरहेको छ।

यस्तै, त्रिभुवन विमानस्थल परिसरबाट बरामद गरिएको झन्डै १०० किलो सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँ पनि छुटेका छन्।

शुक्रबार काठमाडौंबाट चीन जान लाग्दा पक्राउ परेका दुई जना चिनियाँलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छाडेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताए।

ली जियालिङ र लिउ फुयान शुक्रबार बिहान ९ बजेको हिमालयन एयरको उडानबाट चीन जान लाग्दा पक्राउ परेका थिए। झन्डै १०० किलो सुन प्रकरणमा अहिलेसम्म १७ जना सीआईबीको हिरासतमा छन्। भन्सार एजेन्ट रुक्मिना सुब्बा स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा रिहा भएकी थिइन्।

प्रकाशित: Aug 12, 2023| 13:02 शनिबार, साउन २७, २०८०
प्रतिक्रिया दिनुहोस्