आइतबार, वैशाख २७, २०८३

जनमत पार्टीका जनप्रतिनिधिको मूल्यांकन मतदानबाटै

आफ्ना जनप्रतिनिधिले जनचाहनाअनुसार काम गरेको/नगरेको मूल्यांकनका लागि जनमतले पहिलोपल्ट मतदानको अभ्यास गरेको हो।
 |  शनिबार, साउन २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन २७, २०८०

काठमाडौं– सीके राउत नेतृत्वको जनमतले पार्टीबाट निर्वाचित जनप्रतिनिधिको मूल्यांकन मतदानबाटै गरेको छ। जनमत पार्टीबाट निर्वाचित स्थानीय निकायका २२ स्थानमा आज बिहानदेखि मतदान भइरहेको हो।

National life

जनमतले मतदानबाट मन नपरेका जनप्रतिनिधि फिर्ता बोलाउने प्रावधान ‘राइट टु रिकल’ को डेमो अभ्यास गरेको हो। पार्टीबाट निर्वाचित पालिका प्रमुख, उपप्रमुखदेखि वडा अध्यक्षसम्मको मूल्यांकनका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको पार्टी सचिव बीपी साहले बताए।

आफ्ना जनप्रतिनिधिले जनचाहनाअनुसार काम गरेको÷नगरेको मूल्यांकनका लागि जनमतले पहिलोपल्ट मतदानको अभ्यास गरेको हो। मतदानका लागि २६ निर्वाचन अधिकारीसमेत तोकेर स्थानीय तहमा खटाइएको पार्टी सचिव साहले जानकारी दिए।

निर्वाचन कार्यतालिकाअनुसार मंगलबार मतदाताको नामावली प्रकाशन गरिएको थियो भने दाबी विरोधका लागि दुई दिनको समय दिइएको थियो। ३० वैशाख २०८० अगाडि जनमत पार्टीको सदस्यता लिएकाले मात्र मतदान गर्न पाउने प्रावधान राखिएको छ।

प्रकाशित: Aug 12, 2023| 12:16 शनिबार, साउन २७, २०८०
प्रतिक्रिया दिनुहोस्