शुक्रबार, साउन २, २०८२

तनहुँमा महिलाका नाममा जग्गा पास गर्नेको संख्या बढ्यो

२५ प्रतिशत राजस्वमा छुट पाइने भएपछि महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढ्दै गएको हो।
 |  शनिबार, साउन २७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, साउन २७, २०८०

vianetvianet

तनहुँ– गत आर्थिक वर्ष २०७९/८० मा महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेको मालपोत कार्यालय तनहुँले बताएको छ। गत आवमा कुल २ हजार आठ सय ८४ वटा लिखत पारित भएको महिलाका नाममा मात्रै २ हजार ६ सय २८ पास भएको कार्यालयले जनाएको छ।\

गत आवमा जग्गा रजिस्टे«सन पासबापत २४ लाख ८४ हजार ६ सय दुई राजस्वमा छुट दिएको कार्यालयका सुब्बा एवं सूचना अधिकारी टीकाराम शर्मा घोरासाइनेले बताए।

महिला, दलित तथा जनजाति, सहिद परिवार, अपांगता भएका, ज्येष्ठ नागरिकको नाममा जग्गा पास गर्दा २५ प्रतिशत र कृषि क्षेत्रमा ५० प्रतिशत छुट व्यवस्था छ। ग्रामीण क्षेत्रका महिलाको तुलनामा सहरी महिलाको नाममा जग्गा पास गर्नेको संख्या दोब्बर बढी रहेको तथ्यांकले देखाएको छ। ग्रामीण क्षेत्रका ९ सय ७० र सहरी क्षेत्रका १ हजार ९ सय १४ महिलाले आफ्नो नाममा जग्गा पास गरेको कार्यालयको भनाइ छ।

२५ प्रतिशत राजस्वमा छुट पाइने भएपछि महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढ्दै गएको हो। मालपोत कार्यालय तनहुँले गत आवमा कुल  ३० करोड ८४ लाख ३ हजार ५४ राजस्व संकलन गरेको छ। कार्यालयका अनुसार यो अघिल्लो आवको तुलनामा १३ करोड ८२ लाख ७४ हजार ६ सय १० रुपैयाँले कम हो।

त्यसैगरी आव २०७८/७९ मा चार हजार पाँच सय ४२ लिखत पारित हुँदा चार करोड ५५ लाख ३ हजार पाँच सय २५ छुट भएको थियो। सोही आवमा ४४ करोड ६८ लाख ४ हजार ६ सय ६४ राजस्व संकलन भएको कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए।–रासस

प्रकाशित: Aug 12, 2023| 11:23 शनिबार, साउन २७, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

बोर्डको कुल बजेटमध्ये ७० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजारलक्षित प्रवर्द्धन र जनसम्पर्कमा खर्चिने निर्णय गरिएको छ।
गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा खुम्चिएको हो।