मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • तनहुँमा महिलाका नाममा जग्गा पास गर्नेको संख्या बढ्यो

तनहुँमा महिलाका नाममा जग्गा पास गर्नेको संख्या बढ्यो

२५ प्रतिशत राजस्वमा छुट पाइने भएपछि महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढ्दै गएको हो।
 |  शनिबार, साउन २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन २७, २०८०

तनहुँ– गत आर्थिक वर्ष २०७९/८० मा महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेको मालपोत कार्यालय तनहुँले बताएको छ। गत आवमा कुल २ हजार आठ सय ८४ वटा लिखत पारित भएको महिलाका नाममा मात्रै २ हजार ६ सय २८ पास भएको कार्यालयले जनाएको छ।\

National life

गत आवमा जग्गा रजिस्टे«सन पासबापत २४ लाख ८४ हजार ६ सय दुई राजस्वमा छुट दिएको कार्यालयका सुब्बा एवं सूचना अधिकारी टीकाराम शर्मा घोरासाइनेले बताए।

महिला, दलित तथा जनजाति, सहिद परिवार, अपांगता भएका, ज्येष्ठ नागरिकको नाममा जग्गा पास गर्दा २५ प्रतिशत र कृषि क्षेत्रमा ५० प्रतिशत छुट व्यवस्था छ। ग्रामीण क्षेत्रका महिलाको तुलनामा सहरी महिलाको नाममा जग्गा पास गर्नेको संख्या दोब्बर बढी रहेको तथ्यांकले देखाएको छ। ग्रामीण क्षेत्रका ९ सय ७० र सहरी क्षेत्रका १ हजार ९ सय १४ महिलाले आफ्नो नाममा जग्गा पास गरेको कार्यालयको भनाइ छ।

२५ प्रतिशत राजस्वमा छुट पाइने भएपछि महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढ्दै गएको हो। मालपोत कार्यालय तनहुँले गत आवमा कुल  ३० करोड ८४ लाख ३ हजार ५४ राजस्व संकलन गरेको छ। कार्यालयका अनुसार यो अघिल्लो आवको तुलनामा १३ करोड ८२ लाख ७४ हजार ६ सय १० रुपैयाँले कम हो।

त्यसैगरी आव २०७८/७९ मा चार हजार पाँच सय ४२ लिखत पारित हुँदा चार करोड ५५ लाख ३ हजार पाँच सय २५ छुट भएको थियो। सोही आवमा ४४ करोड ६८ लाख ४ हजार ६ सय ६४ राजस्व संकलन भएको कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए।–रासस

प्रकाशित: Aug 12, 2023| 11:23 शनिबार, साउन २७, २०८०
प्रतिक्रिया दिनुहोस्