मंगलबार, वैशाख २९, २०८३

एक वर्षमा रुपन्देहीमा २१७ साना उद्योग बन्द

बन्द हुने उद्योगमा उत्पादनमूलक ८४, कृषि तथा वनजन्य १९, सेवामूलक ६३ र पर्यटन उद्योगमा ५१ रहेको रुपन्देही घरेलुको तथ्यांक। 
 |  शनिबार, साउन २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन २७, २०८०

तिलोत्तमा– गत आर्थिक वर्ष २०७९/८० मा रुपन्देहीमा २१७ साना उद्योग बन्द भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय भैरहवा रुपन्देहीका अनुसार तीे उद्योगले लगत कट्टा गरेका हुन्।

National life

लगत कट्टा गरी बन्द हुनेमा उत्पादनमूलक उद्योगमा ८४, कृषि तथा वनजन्य उद्योगमा १९, सेवामूलक उद्योग ६३ र पर्यटन उद्योगमा ५१ छन्। लोडसेडिङ, बढ्दो आर्थिक मन्दी, बैंकको महँगो ब्याजदरजस्ता कारणले उद्योग बन्द गर्नुपरेको उद्योगीको गुनासो छ। उद्योग बन्द गर्ने धेरैजसो तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर र बुटवल उपमहानगरका उद्योगी छन्। 

रुपन्देही उद्योग संघ अध्यक्ष माधव पौडेलले औद्योगिक क्षेत्रका रूपमा चिनिएको रुपन्देहीमा एक वर्षमै २ सयभन्दा धेरै उद्योग बन्द हुँदा यसले यहाँका उद्योगीको अवस्था खराब रहेको स्पष्ट भएको बताए।

रुपन्देहीमा कोभिड महामारी, कर्जा ब्याजदर, आयात तथा निर्यातमा भएका नीतिगत समस्यालगायतले साना उद्योग बन्द गर्नुपर्ने अवस्था आएको उनले दाबी गरे।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा बुटवल उद्योग वाणिज्य संघ अध्यक्ष उज्ज्वल कसजुले रुपन्देहीमा सेवामूलक उद्योग बन्द हुनुमा विमानस्थल पूर्ण रूपमा सञ्चालन हुन नसक्नु, कर्जाको ब्याज र बजारिकरणको समस्या रहेको बताए। उनका अनुसार केही ठूला उद्योग आफ्नो उत्पादन क्षमता २५ देखि ४० प्रतिशतमा सीमित गरी सञ्चालन गर्दै खर्च धानिरहेका छन्। 

घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका सूचना अधिकारी नेत्रप्रसाद भुसालका अनुसार रुपन्देहीमा घरेलुअन्तर्गत करिब १ हजार ३० उद्योग दर्ता छन्। जिल्ला घरेलु कार्यालयले अहिलेसम्म १ हजार एक सय ९ उद्योग नवीकरण भएको जनाएको छ। 

रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ स्थित ‘आमाको भान्सा’ मसला उद्योग करिब ६ महिनादेखि बन्द छ। उद्योग सञ्चालक ज्ञानेन्द्र बञ्जाडेले बाँकी रहेको कच्चा पदार्थ र मेसिन घरमै लगेर थन्क्याए बस्नुपरेको छ।

पछिल्लो समय उद्योगको लागि भारतबाट आउने कच्चा पदार्थ जिराको चरम मूल्यवृद्धि, अवैध तरिकाबाट आउने अन्य मसलासँग प्रतिस्पर्धा गर्न बजारमा सकस भएपछि बन्द गर्नुपरेको उनले बताए। 

उनीजस्तै युवा उद्योगी विष्णुप्रसाद घिमिरेले सञ्चालन गरेको आभास चिया उद्योग करिब एक वर्षदेखि बन्द छ। उद्योगले रुपन्देहीको तिलोत्तमाकै चिया ब्रान्डिङ गरेर बजारमा लैजाँदै आएको थियो।–रासस

प्रकाशित: Aug 12, 2023| 11:01 शनिबार, साउन २७, २०८०
प्रतिक्रिया दिनुहोस्