सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

महिला विश्वकपको सेमिफाइनलमा पुग्यो स्पेन 

आज भएको पहिलो क्वाटर्रफाइनलमा स्पेनले नेदरल्यान्ड्समाथि २–१ गोलको जित निकालेको हो।
 |  शुक्रबार, साउन २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०

काठमाडौं– स्पेन साविक उपविजेता नेदरल्यान्ड्सलाई हराउँदै पहिलोपल्ट फिफा महिला विश्वकप २०२३ को सेमिफाइनलमा पुगेको छ। आज भएको पहिलो क्वाटर्रफाइनलमा स्पेनले नेदरल्यान्ड्समाथि २–१ गोलको जित निकालेको हो।

triton college

स्पेनले खेलको ८१ मिनेटमा ओलिभरको पेनाल्टी गोलबाट अग्रता लिए पनि नेदरल्यान्ड्सका लागि इन्जुरी टाइमको पहिलो मिनेटमा भान डेरले गोल गर्दा बराबरी अंक भएको थियो।

त्यसपछि अतिरिक्त समय धकेलिएको खेलमा स्पेनकी पारालुइलोले १११औं मिनेटमा गोल गर्दै पहिलोपल्ट आफ्नो मुलुकलाई सेमिफाइनलमा लैजान सफल भइन्।

२०१९ मा उपविजेता नेदरल्यान्ड्सले फाइनलमा अमेरिकासँग पराजित भएको थियो। स्पेनले अन्तिम चारको स्थान पक्का गर्न आज खेल्दै गरेका जापान वा स्वीडेनसँग स्पर्धा गर्नेछ।

प्रकाशित: Aug 11, 2023| 15:43 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्