आइतबार, वैशाख २७, २०८३

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

 |  शुक्रबार, साउन २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०

National life

काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने भएको छ।
अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयक, नयाँ विधेयकका सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए।

उनका अनुसार बैठकमा आगामी दिनमा संसद्मा कांग्रेसको भूमिका र जनजीविकाका मुद्दाबारे छलफल हुने छ। डेङ्गु रोगको रोकथाम, आँखा पाक्ने रोगको उपचार, पशुलम्कीस्किन रोग नियन्त्रणबारेमा सरकारको ध्यानाकर्षण गराइने लेखकको भनाइ छ।

प्रकाशित: Aug 11, 2023| 09:43 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्