मंगलबार, साउन ६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सुनिल शर्मा पक्राउको सूचना सभामुखलाई, कांग्रेस भन्छ- सबै बुझेपछि बोल्छौं

सुनिल शर्मा पक्राउको सूचना सभामुखलाई, कांग्रेस भन्छ- सबै बुझेपछि बोल्छौं

 |  बिहीबार, साउन २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २५, २०८०

vianetvianet

काठमाडौं- केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कांग्रेस सांसद सुनील शर्मा पक्राउबारेको सूचना संसद् सचिवालयलाई दिएको छ। सीआईबीले संसद् सचिवालयलाई पत्र पठाएर जानकारी गराएको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन्।

सीआईबीका एक अधिकारी आफैँ आएर सिंहदबारस्थित सचिवालयलाई पत्र बुझाएका हुन्। सांसद पक्राउ गर्दा संसद् सचिवालयलाई जानकारी दिनुपर्ने व्यवस्था छ।

सांसद् शर्मको पक्राउबारे नेपाली कांग्रेसले सबै जानकारी लिएपछि पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताएको छ। संसदीय दलको कार्यसमितिको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले पक्राउबारे सभामुख र सीआईबीबाट जानकारी लिएपछि आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका हुन्। 

'हामीले भर्खरै जानकारी पाएका छौँ। के विषयमा, के कारणले उहाँलाई पक्राउ गरिएको भन्ने विषयमा हामीले जानकारी लिइरहेका छौँ। त्यसपछि हामी पार्टीको धारणा सार्वजनिक गर्छौं,' उनले भने।

सीआईबीले सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोप लगाएको छ। मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्मालाई प्लस टुको शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा सीआईबीले बिहीबार पक्राउ गरेको हो।

नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ परेका सांसद शर्मा सात वर्षअघि नै नेपाल प्रहरीको फरार सूचीमा रहेको पाइएको छ। नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा डाक्टर बनेको भन्दै उजुरी परेपछि उनी अनुसन्धानमा तानिएका थिए। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ०७३ मा नक्कली प्रमाणपत्रधारीमाथि अनुसन्धान गर्न ‘अपरेसन क्‍वाक’ चलाएको थियो।

तत्कालीन सीआईबीका डीआईजी नवराज सिलवालले शर्माको प्लसटूको शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि गरेका थिए। तर सिलवाल अवकास भएपछि शर्माविरुद्धको अनुसन्धान रोकिएको थियो। सीआईबीको नेतृत्वमा डीआईजी किरण बज्राचार्य आएसँगै उनीविरुद्धको फाइल खुलेको हो।

शर्माले भारतको बिहार इन्टरमिडियट काउन्सिलबाट एमबीबीएस उत्तीर्णको प्रमाण पत्र लिएको पाइएको थियो। उनको यो प्रमाणपत्र पनि नक्कली भएको सीआईबीको दाबी छ। 

२०७३ असार ४ गते २६ जना नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टरहरू पक्राउ पर्दा शर्मा छुटेका थिए। प्रहरीले २०७३ असार २५ मा शर्मालाई पक्राउ गरी असार २६ मा सार्वजनिक गर्ने तयारी गर्दागर्दै उनी भागेर जापान पुगेका थिए। केही समय जापान र त्यतैबाट दुवै पुगेर नेपाल फर्किएका शर्मालाई प्रहरीले अहिलेसम्म नियन्त्रणमा लिएको थिएन। शर्मालाई बिहीबार भने प्रहरीले उनकै निवास मण्डिखाटारबाट पक्राउ गरेको हो।
 

प्रकाशित: Aug 10, 2023| 18:45 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्