मंगलबार, साउन ६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आईएमई बैंकको भुक्तानी भ्वाइस मेसेजबाट पुष्टि गर्ने सुविधा

ग्लोबल आईएमई बैंकको भुक्तानी भ्वाइस मेसेजबाट पुष्टि गर्ने सुविधा

 |  बिहीबार, साउन २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २५, २०८०

vianetvianet

ग्लोबल आईएमई बैंकको स्मार्ट अडियो डिभाइसबाट भ्वाइस मेसेजद्वारा क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टि हुने सुविधा सार्वजनिक गरेको छ । बैंकले क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलईडी डिस्प्ले सहितको सेवा ल्याएको हो ।

यो योजनासँगै ग्लोबल आईएमई बैंकका ग्राहकहरूले क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा भुक्तानीको पुष्टीकरण एलईडी बोर्डमा रहेको साउन्ड बक्सले भुक्तानी पुष्टि गर्ने भ्वाइस मेसेज दिनेछ । यसले ग्राहक र व्यापारीका लागि सम्पूर्ण प्रक्रियालाई सुविधाजनक बनाउने विश्वास छ ।

यसबाट मर्चेन्टरव्यापारी तथा ग्राहकहरूलाई मोबाइल फोनमा भुक्तानी प्राप्त भएको मेसेजका निमित्त कुर्नुपर्ने समयको पनि बचत हुने तथा व्यापारीलाई भुक्तानी आवेदनको पुष्टीकरण निर्भरता समेत घटाउने बैंकको भनाइ छ ।

प्रकाशित: Aug 10, 2023| 17:44 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्