मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल राष्ट्र बैंकमा माछापुच्छ्रे बैंकको क्यूआर कोड

नेपाल राष्ट्र बैंकमा माछापुच्छ्रे बैंकको क्यूआर कोड

 |  बिहीबार, साउन २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २५, २०८०

नेपाल राष्ट्र बैंकको बैंकिङ विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड राखिएको छ। विदेशी मुद्रा सटही गर्ने सेवाग्राहीलाई लक्षित गर्दै क्यूआर राखिएको हो।

National life

नेपाल पे र फोन पे दुवै नेटवर्कको क्यूआरमार्फत भुक्तानी गर्नेगरी क्यूआर कोड राखिएको बैंकले जानकारी दिएको छ। आइतबारदेखि सञ्चालनमा ल्याइएको उक्त सेवा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्मा पगेंनी एंव माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले संयुक्त रूपमा शुभारम्भ गरे।

उक्त सेवाबाट नेपाल राष्ट्र बैंकमा विदेशी मुद्रा सटही लिन आउने सेवाग्राहीले क्यूआरमार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्नेछन्।

 

प्रकाशित: Aug 10, 2023| 17:43 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्