शनिबार, असार २७, २०८३

गत वर्ष सिद्धार्थ बैंकको खुद नाफा ३ अर्ब १९ करोड

 |  बिहीबार, साउन २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २५, २०८०

सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले चौथो त्रैमासमा आफ्नो वित्तीय अवस्थामा सुधार गरेकाे छ। गत आर्थिक वर्षमा ग्राहकको निक्षेपमा ३२ अर्ब १० करोडले वृद्धि गरी २ खर्ब २३ अर्ब ६५ करोड रुपैयाँ पुर्‍याएको छ।

गत आर्थिक वर्षको एघार महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १२.२ प्रतिशतले वृद्धि भएको विवरण बैंकले सार्वजनिक गरेको छ। त्यस्तै बैंकको कर्जा तथा सापट २.२८ प्रतिशतले वृद्धि भई १ खर्ब ८९ अर्ब २१ करोड रुपैयाँ पुगेको छ।

प्रकाशित विवरणअनुसार बैंकले गत आर्थिक वर्षमा ३ अर्ब १९ करोड खुद नाफा आर्जन गरेको छ। उक्त नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १० प्रतिशत बढी हो।

 

प्रकाशित: Aug 10, 2023| 17:42 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्