मंगलबार, साउन ६, २०८२

ग्लोबल आइएमई बैंक र डिप्रोक्स नेपालबीच सहकार्य

 |  बिहीबार, साउन २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २५, २०८०

vianetvianet

ग्लोबल आइएमई बैंक र डिप्रोक्स नेपालबीच डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न सम्झौता गरिएको छ। दुई संस्थाबीच समुन्नति डिजिटल फाइनान्स परियोजना सञ्चालनका लागि सम्झौता गरिएको हो।

डिजिटल माध्यमबाट वित्तीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले डिप्रोक्स नेपालले सञ्चालन गर्ने कार्यक्रममा आफ्नाे सहभागिता रहने बैंकको भनाइ छ। परियोजनाअन्तर्गत दाङ, रोल्पा र रुकुमपूर्वका शान्तिनगर, दंगीशरण, त्रिवेणी, रुन्टीगढी, परिवर्तन, थबाङ; भूमे तथा पुथाउत्तरगंगा गरी ८ स्थानीय तहमा बैंकको सहभागिता हुनेछ।

बैंकसँगको सहकार्यमा हुने डिजिटल कारोबारले लक्षित समुदायको समय, श्रम र खर्चमा बचत हुने विश्वास छ। परियोजनामा आबद्ध घरधुरी तरकारी, दुग्ध उत्पादन, ओखर, सुन्तला खेती र बाख्रापालन व्यवसायमा संलग्न छन्।

परियोजनामा आबद्ध ५ हजार ५ सय घरधुरीमध्ये ८० प्रतिशत सहभागी महिला हुनेछन्। बाँकी २० प्रतिशत विभिन्न सीमान्तकृत परिवारबाट हुनेछन्। यसैभित्रबाट ३ प्रतिशत समुदाय अपांगा घरपरिवार पनि हुने भएकाले परियोजनाले परिलक्ष्यित समुदायमा समावेशी वित्तीय पहुँच स्थापित हुने विश्वास बैंकले लिएको छ।

 

प्रकाशित: Aug 10, 2023| 17:41 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्