मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिक्वल फाउन्डेसनलाई स्ट्यान्डर्ड चार्टर्डको ५० लाख सहयोग

सिक्वल फाउन्डेसनलाई स्ट्यान्डर्ड चार्टर्डको ५० लाख सहयोग

 |  बिहीबार, साउन २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २५, २०८०

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सिक्वल फाउन्डेसनलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ। किशोरीहरूको व्यक्तिगत र व्यावसायिक वृद्धिका लागि सीप र अवसर प्रदान गर्न बैंकले सिक्वल फाउन्डेसनको ‘सिल्पः सेपिङ दि फ्युचर प्रोजेक्ट’लाई सघाएको हो।

National life

सिल्प प्रोजेक्ट विद्यालय वा उच्च माध्यमिक विद्यालय पूरा गरेका युवतीलाई सर्टिफाइन्ड ब्लु–कलर जब स्किल प्रदान गरी सशक्तीकरण बनाउनेमा केन्द्रित रहेको छ।

यो ‘प्रोजेक्ट किशोरी’को विस्तारित परियोजना हो। जसले कामका लागि आवश्यक सीप प्रदान गर्दछ।

जसको मुख्य लक्ष्य सातै प्रदेशका १० वटाभन्दा बढी सार्वजनिक कलेजका २०० बढी उच्च शिक्षा हासिल गरेका युवतीलाई लाभान्वित बनाउने रहेको छ।

 

प्रकाशित: Aug 10, 2023| 17:39 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्