आइतबार, वैशाख २७, २०८३

अमिताभ र शाहरुखपछि 'डन' मा अब रणवीर

 |  बिहीबार, साउन २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २५, २०८०

बलिउड अभिनेता रणवीर सिंह नयाँ 'डन’ बन्ने भएका छन्। उनी फरहान अख्तरको 'डन ३' मा मुख्य भूमिकामा देखिने भएका हुन्। फरहानको एक्सेल मूभीले इन्स्टाग्राममा 'डन’ को चरित्र निभाउने कलाकारको नाम सार्वजनिक गरेको हो।

National life

शाहरुखले 'डन ३' को लागि अस्वीकार गरेपछि उक्त रोलको लागि रणवीरलाई छानिएको हो। साथै 'डन ३' मा अमिताभ र शाहरुख पनि देखिने जनाइएको छ। यद्यपि यस विषयमा आधिकारिक रुपमा निर्देशकले केही बोलेका छैनन्।

यसअघि फरहान अख्तरले 'डन’ र ’ड २’ को निर्देशन गरेका थिए। दुवैमा शाहरुख खान मुख्य भूमिकामा थिए। डनको चरित्र फरहानका पिता जावेद अख्तर र सलीम खानले मिलेर लेखेका थिए, जसमा अभिताभ बच्चन मुख्य भूमिकामा थिए। चलचित्र १९७८ मा रिलिज भएको थियो।

एक्सेल इन्टरटेनमेन्टका रितेश सिधवानी र फरहान अख्तरद्वारा निर्मित चलचित्र २०२५ मा रिलिज हुनेछ।

 

प्रकाशित: Aug 10, 2023| 19:29 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्