आइतबार, वैशाख २७, २०८३

शेखर–गगन वार्ताः समूह एकताबद्ध रहेको सन्देश

दुई नेताबीच भेटबारेको विषय संस्थापन इतरका नेता गुरुराज घिमिरेले ट्वीटमार्फत जानकारी दिएका हुन्।
 |  बिहीबार, साउन २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २५, २०८०

National life

काठमाडौं– पछिल्लो समय संस्थापन सभापति शेरबहादुर देउवातिर लहसिएर इतर समूहलाई बेवास्ता गरेको आरोप लागिरहेका बेला कांग्रेस नेता डा. शेखर कोइरालासँग महामन्त्री गगन थापाले भेटेका छन्।

आज करिब तीन घन्टा भएको छलफलमा दुई नेताबीच पूर्ववत् समूह एकताबद्ध रहेको र भविष्यमा पनि निरन्तर रहने समझदारी भएको बुझिएको छ। दुई नेताबीच भेटबारेको विषय संस्थापन इतरका नेता गुरुराज घिमिरेले ट्वीटमार्फत जानकारी दिएका हुन्।

उनले ट्वीट गरेका छन्, ‘१५औं महाधिवेशनको उज्यालो क्षितिज। हामी साथमा छौं र निकै उत्साहित पनि।’ थापा र कोइरालाबीचको सम्बन्धमा दरार आएको चर्चा चलिरहेका बेला दुई नेता एकै ठाउँ बसेका हुन्।

प्रकाशित: Aug 10, 2023| 16:58 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्