आइतबार, वैशाख २७, २०८३

पहिचानको मुद्दालाई राजनीतिक रङ नदिन एमाले अध्यक्ष ओलीको आग्रह

पहिचानको राजनीति भन्दै समाजमा साम्प्रदायिक घृणा, विद्वेष र कलह फैलाउन खोजिएको अध्यक्ष ओलीको दाबी।
 |  बिहीबार, साउन २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २५, २०८०

काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले आदिवासी जनजातिलाई अगाडि सारेर  पहिचानको मुद्दामा राजनीति गर्न खोजिएको बताएका छन्। एमालेले उत्पीडनको कुरा उठाउँदा मजाक उडाउनेहरू नै अहिले पहिचानवादी बनेको उनको भनाइ छ।

National life

आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस सन्दर्भमा पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पहिचानको राजनीति भन्दै समाजमा साम्प्रदायिक घृणा, विद्वेष र कलह फैलाउन खोजिएको दाबी गरे।

‘एमाले स्थापनादेखि नै सामाजिक न्याय, समानताको आवाज उठाउने पार्टी हो। अस्तिसम्म एमालेले ३३ प्रतिशत महिला आरक्षणको कुरा गर्दा, उत्पीडित समुदायको आरक्षणको कुरा गर्दा, आदिवासी जनजातिमाथिको उत्पीडन अन्त्यको कुरा गर्दा हाम्रो मजाक उडाउनेहरू अहिले पहिचानवादी बन्न खोजेका छन्,’ ओलीले भने।

पहिचानवादीको नाममा राजनीतिक रङ बदलेर साम्प्रदायिक घृणा, विद्वेष र कलह निम्ताउन खोजिएको ओलीले आरोप लगाए। ‘२०५२ देखि जनयुद्धका नाममा नेकपा माओवादीले चलाएको हिंसालाई बढावा दिन सामाजिक सेन्टिमेन्टलका रुपमा जात, भूगोल, विश्वास, आस्था, धर्मको कुरा ल्याइएको हो,’ उनले भने।

पहिचानको मुद्दा देशमा समस्या खडा गर्न नभई समाधान केन्द्रित हुनुपर्ने सुझाव उनले दिए।

प्रकाशित: Aug 10, 2023| 16:23 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्