मंगलबार, वैशाख २९, २०८३

५.१३ अंकले बढ्यो नेप्से, दुई अर्बको कारोबार

 |  बिहीबार, साउन २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २५, २०८०

काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ५.१३ अंकले बढेको छ। २०५९ बिन्दुबाट सुरु भएको बजार सामान्य उतारचढावसका बीच बढेर २०६६ बिन्दुमा उक्लिएको हो।

National life

बिहीबार ९ कम्पनीको मूल्य स्थिर रह्यो। १०८ कम्पनीको घटेको छ भने १०५ कम्पनीको मूल्य बढेको छ। बिहीबार ५५ लाख कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १५ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य ७.५० प्रतिशत, स्वेत गंगा हाइड्रोपावरको ६.५५ र नबिल इक्युटी फन्डको ५.६७ प्रतिशतले बढेको छ।

कारोबार रकमका हिसाबले सबैभन्दा धेरै सोल्टी होटल लिमिटेडको भएको छ। यसको १६ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

प्रकाशित: Aug 10, 2023| 15:57 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्