मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड, मधेस, बागमती र गण्डकीमा शतप्रतिशत विद्युतीकरण

प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड, मधेस, बागमती र गण्डकीमा शतप्रतिशत विद्युतीकरण

प्राधिकरणको तेस्रो वित्तीय पुनर्संरचना तयार गरी सर्वसाधारणमा सेयर जारी गर्ने प्रक्रिया अघि बढाइएको घिसिङको धारणा।
 |  बिहीबार, साउन २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २५, २०८०

काठमाडौं– सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड नाफा कमाएको विवरण सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरणअनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्।
आव २०७७/७८ मा प्राधिकरणको नाफा ६ अर्ब १० करोड थियो।  आव २०७८/७९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड पुगेको थियो।

National life

पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले राष्ट्रिय प्रसारणको बिजुली देशभरका ९५ प्रतिशत नागरिकको पहुँचमा पुगेको बताए। २ वर्षअघि ८९ प्रतिशत नागरिकले राष्ट्रिय प्रसारणमार्फत बिजुली बालेका थिए।

मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्ण विद्युतीकरण भएको उनले बताए। कोशीमा ९५, लुम्बिनीमा ९८, कर्णालीमा ६७, सुदूरपश्चिम प्रदेशमा ८२ प्रतिशत विद्युतीकरण भएको घिसिङले जानकारी दिए। प्राधिकरणको तेस्रो वित्तीय पुनर्संरचना तयार गरी सर्वसाधारणमा सेयर जारी गर्ने प्रक्रिया अघि बढाइएको उनले बताए।

गत आवमा सुक्खायामको समय लम्बिँदा नदीखोलामा पानीको बहाव घटेपछि प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् केन्द्रको विद्युत् उत्पादनमा ह्रास आउनुका साथै आन्तरिक माग धान्न विद्युत् आयात केही बढ्दा नाफा प्रभावित बनेको घिसिङले दाबी गरे।

विद्युत् बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्षअघि करिब ८१ अर्ब रहेकामा अहिले बढेर करिब १ खर्ब १८ अर्ब पुगेको घिसिङले विवरण प्रस्तुत गरे। प्राधिकरणको सञ्चित नाफा ११ अर्बबाट बढेर ३६ अर्ब ६७ करोड पुगेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।

प्रकाशित: Aug 10, 2023| 15:58 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्