मंगलबार, साउन ६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डसँग मन्त्रीहरुले गरे एक वर्षे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री प्रचण्डसँग मन्त्रीहरुले गरे एक वर्षे कार्यसम्पादन सम्झौता

कार्यसम्पादन सम्झौतामा मन्त्रीहरुले वर्ष दिनभित्र आ–आफ्ना मन्त्रालयबाट गर्ने कामको विवरणको फाइल प्रधानमन्त्री प्रचण्डसमक्ष पेस गरेका छन्। 
 |  बिहीबार, साउन २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २५, २०८०

vianetvianet

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् सदस्य (मन्त्रीहरु) सँग एक वर्षभित्र गरिसक्नुपर्ने कामको कार्यसम्पादन सम्झौता गरेका छन्।

आज सिंहदरबारमा आयोजित मन्त्रालयहरूको समीक्षागत बैठकपछि प्रधानमन्त्री प्रचण्डले  मन्त्रिपरिषद् कार्यालयमा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेको उनको सचिवालयले बताएको हो। 

कार्यसम्पादन सम्झौतामा मन्त्रीहरुले वर्ष दिनभित्र आ–आफ्ना मन्त्रालयबाट गर्ने कामको विवरणको फाइल प्रधानमन्त्री प्रचण्डसमक्ष पेस गरेका छन्।

आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा गरिएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सबै मन्त्रालयका मन्त्री र सचिवसँग अघिल्लो वर्षको प्रगति विवरण पनि बुझेका थिए। 
त्यसपछि मन्त्रीहरुसँग आव २०८०/८१ का लागि कार्यसम्पादन सम्झौता भएको हो।

प्रकाशित: Aug 10, 2023| 14:54 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्