आइतबार, वैशाख २७, २०८३

नेविसंघ समावेशी बनाउन देउवालाई बुझाइयो ध्यानाकर्षणपत्र

 |  बिहीबार, साउन २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २५, २०८०

काठमाडौं- नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय समिति समावेशी नभएको भन्दै विरोध भइरहेका बेला नेविसंघकै कार्यकर्ताले कांग्रेस सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र बुझाएका छन्।

National life

कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकट नेविसंघका कार्यकर्ताले देउवालाई उनको अस्थायी निवास धुम्बाराहीमा भेटेर समावेशिताको ख्याल गर्न माग गरेका हुन्।

उनीहरूले नेविसंघ केन्द्रीय समितिमा ३३ प्रतिशत छात्रा समावेश गरिनुपर्ने र सबै क्लस्टर समितिमा समेट्न सभापतिले निर्देशन दिनुपर्ने माग राखेका छन्। नेविसंघ केन्द्रीय समितिमा ६ प्रतिशतमात्रै छात्रा छन्। सिटौला पक्षले आफूहरूले नाम दिएकामध्ये २१ जनाको नाम केन्द्रीय समितिमा छुटाइएको पनि बताएको छ।

सभापति देउवाले गत सोमबार दुजाङ शेर्पा अध्यक्ष रहेको नेविसंघमा ७१० जना केन्द्रीय सदस्य मनोनीत गरेका थिए। जम्बो नेविसंघ केन्द्रीय समिति बनाए पनि समावेशितालाई ख्याल नगरेको भन्दै विरोध भइरहेको छ।

नेविसंघमा असन्तुष्ट पक्षले समानान्तर समिति घोषणा गर्ने चेतावनीसमेत दिएको छ। केन्द्रीय समितिमा कतिपय छुटेको भन्दै सदस्य थप गर्नेबारे छलफल भइरहेको बताइएको छ।

प्रकाशित: Aug 10, 2023| 14:05 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्