आइतबार, वैशाख २७, २०८३

सभापति देउवाले बोलाए कांग्रेस संसदीय दलको कार्यसमिति बैठक

सुन तस्करीबारे संसदीय छानबिन माग गर्दै एमालेले संसद् अवरोध गरिरहेका बेला देउवाले संसदीय दलको कार्यसमिति बैठक बोलाएका हुन्।
 |  बिहीबार, साउन २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २५, २०८०

National life

काठमाडौं– सभापति शेरबहादुर देउवाले कांग्रेस संसदीय दलको कार्यसमिति बैठक बोलाएका छन्। देउवाले अपराह्न ४ बजे धुम्बाराही निवासमा बस्ने गरी बैठक आह्वान गरेका हुन्।

बैठकमा १० साउनदेखि प्रतिपक्ष एमालेले अवरुद्ध गर्दै संसद् बैठक, समसामयिक राजनीतिक गतिविधिलगायत विषयमा छलफल हुने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बताए।

कांग्रेस संसदीय दल कार्यसमितिमा नेता देउवासहित, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ रहेका छन्। सुन तस्करीबारे संसदीय छानबिन माग गर्दै एमालेले संसद् अवरोध गरिरहेका बेला देउवाले संसदीय दलको कार्यसमिति बैठक बोलाएका हुन्।

प्रकाशित: Aug 10, 2023| 13:05 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्