आइतबार, वैशाख २७, २०८३

सबै जाति समुदायको संरक्षण गर्नु राज्यको दायित्व : अध्यक्ष लिङ्देन

 |  बुधबार, साउन २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन २४, २०८०

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले सबै जाति र समुदायको संरक्षण राज्यले गर्नुपर्ने बताएका छन्। २९औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा काठमाडौंमा भएको शुभकामना तथा सांस्कृतिक कार्यक्रममा उनले सबै जातजाति, भाषा, धर्म तथा संस्कृतिको संरक्षण समानरूपमा गर्नु राज्यको दायित्व रहेको बताएका हुन्।

National life

उनले भने, ‘अल्पसङ्ख्यक जातिको समुदाय पनि यहाँ छ। सबैले आफ्नो समुदाय मात्र ख्याल गर्ने हो भने त्यस्ता खालका जाति समुदाय लोप हुन सक्छन्। कुनै पनि बेला सांस्कृतिक अतिक्रमणको सिकार बन्न सक्छन्। पछिल्लो समय धर्म परिवर्तन प्रबलरूपमा बढेको छ। यसले झन् कुनै पनि समुदाय अर्को जनगणना आउने बेलासम्म समाप्त हुन सक्छ। त्यसकारण पनि राज्यले सबै जाति समुदायको संरक्षण समानरूपमा गर्नुपर्छ।’

राप्रपा मन, वचन र कर्मले सबै विविधताको संरक्षण गर्ने पक्षमा छ भन्दै उनले राप्रपाले सबैलाई समानरूपले हेर्ने गरेको बताए। सरकारमा जाने मौका पाएको अवस्थामा राप्रपाले सम्पूर्ण जाति, भाषा, धर्म र संस्कृतिको रक्षा गर्ने उनको भनाइ थियो। शान्त मुलुक नेपालमा बसेका आदिवासी जनजातिले कसैको आडमा बसेर आगामी दिनमा कुनै किसिमका द्वन्द्व, हिंसा, अपराध विरोध र विद्रोह गर्ने खालका अनैतिक कर्म नगर्नसमेत उनले सम्पूर्णमा आग्रह गरे।

राप्रपाका पूर्वअध्यक्ष तथा सांसद पशुपति शमशेर राणाले आफू सधैँ जनजातिका पक्षमा रहेको बताए। उनले देशको राजनीतिमा जनजातिको ठूलो हिस्सा रहेको भन्दै आदिवासी जनजाति देशको महत्त्वपूर्ण स्थानमा पुग्न सफल भएकामा खुसी लागेको बताए।

प्रकाशित: Aug 09, 2023| 21:26 बुधबार, साउन २४, २०८०
प्रतिक्रिया दिनुहोस्