आइतबार, वैशाख २७, २०८३

राष्ट्रियसभाका अध्यक्ष र पाकिस्तानी राजदूतबीच भेट

 |  बुधबार, साउन २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन २४, २०८०

National life

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत अर्बर हुसेन हास्मीले आज उनको सरकारी निवासमा शिष्टाचार भेट गरेका छन्। 

त्यसअवसरमा नेपाल–पाकिस्तान सम्बन्धका साथै दुवै देशका संसद् र संसदीय गतिविधिबारे विचारविमर्श भएको थियो। उनीहरूले पारस्परिक हित र चासोका अन्य विषयमा पनि छलफल गरे। 

अध्यक्ष तिमिल्सिनालाई पाकिस्तानी सिनेटका अध्यक्ष मुहम्मद सदिक सञ्जरानीका तर्फबाट पाकिस्तान भ्रमणको निमन्त्रणापत्र हस्तान्तरण गरे। सिनेटका अध्यक्षले भ्रमणका निम्ति आमन्त्रण गरेकोमा आभार व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले उपयुक्त समयमा भ्रमण गर्ने जानकारी राजदूत हास्मीलाई दिएको अध्यक्ष तिमिल्सिनाको निजी सचिवालयले जनाएको छ। 
 

प्रकाशित: Aug 09, 2023| 19:14 बुधबार, साउन २४, २०८०
प्रतिक्रिया दिनुहोस्