आइतबार, वैशाख २७, २०८३

सानेपा मुख्यालयमा लड्न थाले नेविसंघ कार्यकर्ता

कांग्रेस सभापति देउवाले गत सोमबार ७१० सदस्यीय कार्यसमिति मनोनीत गरेपछि असन्तुष्ट पक्षले मुख्यालय सानेपामा समानान्तर समिति गठनका लागि विद्यार्थी भेला गरेसँगै दुई समूह नाराबाजीमा उत्रिएका हुन्।
 |  बुधबार, साउन २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन २४, २०८०

National life

काठमाडौं– महाधिवेशन गराउन नसकेर थला परेको कांग्रेसको भ्रातृ संस्था नेविसंघलाई गत सोमबार पूर्णता दिइएपछि संस्थापन इतर समूह विरोधमा उत्रिएको छ। 

कांग्रेस सभापति शेरबहादुर देउवाले गत सोमबार ७१० सदस्यीय कार्यसमिति मनोनीत गरेपछि आज असन्तुष्ट पक्षले मुख्यालय सानेपामा समानान्तर समिति गठनका लागि विद्यार्थी भेला गरेपछि दुई समूह नाराबाजीमा उत्रिएका हुन्।

दुजाङ शेर्पा नेतृत्वको नेविसंघ संस्थापन पक्ष र नेविसंघ असन्तुष्ट पक्षबीच सानेपामा भइरहेको नाराबाजी कुटाकुटमा परिणत हुने डरले प्रहरी परिचालन गरिएको छ। कांग्रेस कार्यालय सानेपामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रकाशित: Aug 09, 2023| 14:38 बुधबार, साउन २४, २०८०
प्रतिक्रिया दिनुहोस्