बुधबार, साउन ७, २०८२

बानेश्वरमा संसद् अवरुद्ध, बालुवाटारमा वार्ता

सोमबार सभामुख घिमिरेसमेतलाई सहभागी गराएर देउवा, ओलीसँग संसद् गत्यारोध खुलाउन प्रधानमन्त्री प्रचण्डको पहलमा भएको वार्ता बिनानिष्कर्ष टुंगिएपछि आज फेरि बालुवाटारमा बैठक बसेको हो।
 |  बुधबार, साउन २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन २४, २०८०

vianetvianet

काठमाडौं– अवैध सुन बरामद प्रकरणका कारण आज पनि संसद् बैठकले निरन्तरता पाउन सकेन। १० साउनदेखि बन्द संसद् बैठक खुलाउने सभामुख देवराज घिमिरेको प्रयास अहिलेसम्म सफल हुन सकेको छैन।

सभामुखले संसद् खुलाउन त्रिदलीय सहमति जुटाउन नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगालग बालुवाटारमा वार्ता गर्न थालेका छन्। हिजो सभामुख घिमिरेसमेतलाई सहभागी गराएर कांग्रेस सभापति शेरबहादुर देउवा, प्रतिपक्ष एमाले अध्यक्ष केपी ओलीसँग संसद् गत्यारोध खुलाउन भएको वार्ता बिनानिष्कर्ष टुंगिएपछि आज फेरि बालुवाटारमा बैठक बसेको छ।

आजको बैठकमा ललिता निवास प्रकरणमा सर्वोच्च अदालतबाट केही दिनअघि भएको आदेश,  सुन काण्डले संसद्मा भइरहेको अवरोध हटाउने विषयलाई लिएर तीन दलका शीर्ष नेता फेरि बालुवाटार बैठकमा जुटेका हुन्। एमालेले दुई सातादेखि अवरुद्ध गरेको संसद् बैठक मंगलबार केही घन्टा चले पनि फेरि अवरोध गरेकामा आज पनि संसद् बैठक चल्न सकेन।

बिहान करिब १ घन्टा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार तीन दलका शीर्ष नेताबीच वार्ता संसद् खुलाउने वार्ता भए पनि आज पुनः अवरोध भएको हो। बालुवाटार वार्तामा कांग्रेस नेता कृष्ण सिटौला र रमेश लेखक सहभागी थिए।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली सहभागी थिए। यद्यपि आज शीर्ष नेताबीच बालुवाटार बैठकमा भएका छलफलबारे हालसम्म सार्वजनिक गरिएको छैन।

प्रकाशित: Aug 09, 2023| 14:12 बुधबार, साउन २४, २०८०
प्रतिक्रिया दिनुहोस्