आइतबार, वैशाख २७, २०८३

एमाले सांसदको नाराबाजीपछि संसद् बैठक स्थगित

 |  बुधबार, साउन २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन २४, २०८०

काठमाडौं- नेकपा एमालेले प्रतिनिधि सभामा नाराबाजी सुरु गरेको छ। सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले आइतबारको प्रतिनिधि सभा बैठक सुरु हुनेबित्तिकै बोल्ने समय मागेको थियो।

National life

सँगै सत्ता पक्षका सांसदहरुले पनि बोल्न समय मागे। सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्न समय दिएपछि सत्तारुढ सांसदहरुले विरोध जनाए। सभामुखले एमाले सांसद थापालाई समय सकियो भनेपछि एमाले सांसदहरुले वेलमा आएर नाराबाजी गरेका हुन्।

नाराबाजी नरोकिएपछि सभामुखले बैठक साउन २६ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन्।

 

प्रकाशित: Aug 09, 2023| 13:31 बुधबार, साउन २४, २०८०
प्रतिक्रिया दिनुहोस्