काठमाडौं– मदन पुरस्कार–२०७९ का लागि पाँच पुस्तक छानिएका छन्। मदन पुरस्कार गुठीले पुरस्कारका लागि पाँच पुस्तकको श्रेष्ठ सूची सार्वजनिक गरेको हो।
छनोट भएका पुस्तकमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐंठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर रहेका छन्।
३१३ पुस्तकबाट ५ पुस्तक छानिएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए। पाँच पुस्तकमध्ये सर्वोत्कृष्ट एक पुस्तकलाई २०७९ को मदन पुरस्कार प्रदान गरिनेछ।