बुधबार, साउन ७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • संसद् खुलाउन सभामुख घिमिरेको पहल जारी, कार्यव्यवस्था परामर्श समिति बैठक बोलाइयो

संसद् खुलाउन सभामुख घिमिरेको पहल जारी, कार्यव्यवस्था परामर्श समिति बैठक बोलाइयो

संसद् अवरोध हटाउने विषयमा तीन दलका शीर्ष नेताहरूबीच सहमति नजुटेपछि सभामुखले कार्यव्यवस्था समिति बैठक बोलाएका हुन्। 
 |  बुधबार, साउन २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन २४, २०८०

vianetvianet

काठमाडौं– १० साउनदेखि सुनको घुनमा पर्दै आएको प्रतिनिधिसा बैठक एमाले अवरोधका कारण अझै खुलेको छैन। १० साउनपछि सभामुख देवराज घिमिरेले पटक–पटक शीर्ष तीन दलका नेता, तिनका मुख्य सचेतक, सचेतकलाई बोलाएर संसद् बैठक सुचारु गर्न आग्रह गरिरहेका छन्।

सभामुखको आग्रह विपरीत राजनीतिक दल सहमतिमा नपुग्दा संसद् बैठकले अवरुद्ध हुँदै आएको छ। आज पनि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएका छन्। बिहान संसद् भवन बानेश्वरमा ११ः३० बजे बस्ने गरी बैठक बोलाइएको हो। 

संसद् बैठक बस्नुअघि सभामुखले कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएका हुन्। संसद् अवरोध हटाउने विषयमा तीन दलका शीर्ष नेताहरूबीच सहमति नजुटेपछि सभामुखले कार्यव्यवस्था समिति बैठक बोलाएका हुन्। 

बैठकमा सबै राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकलाई निम्ताइएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ। आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्ने कार्यसूची छ।

प्रकाशित: Aug 09, 2023| 10:51 बुधबार, साउन २४, २०८०
प्रतिक्रिया दिनुहोस्