कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। विश्व आदिवासी तथा जनजाति दिवसको अवसरमा कोशी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो।
संसारभर अगस्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको रूपमा मनाउँदै आएकोमा पहिचानको आन्दोलन भइरहेको कोशी प्रदेशमा पहिलोपटक सार्वजनिक बिदा दिइएको हो।
प्रदेश नामकरणको विषयलाई लिएर लामो समयदेखि आन्दोलनरत सो क्षेत्रको भावनाको कदर गर्दै बिदा दिइएको जनाइएको छ। प्रदेश सरकारले दिएको बिदा संघीय सरकार मातहतका निकायमा पनि लागू हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।
प्रदेश सरकारले केही बिदा आफूअनुसार दिन पाउने अधिकार छ।