शुक्रबार, साउन १, २०८३

एमालेको नाराबाजीपछि संसद् बैठक स्थगित

 |  मंगलबार, साउन २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २३, २०८०

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेर अवरुद्ध गरेपछि सभामुख घिमिरेले आजका लागि तोकिएका सम्पूर्ण नियमित कार्यसूची हटाएर बैठक स्थगित गरेका हुन्।

आजको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सय किलो सुन तस्करी प्रकरणबारे जवाफ दिएका छन्। गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको र संसदीय छानबिन बनाउनुपर्ने आफ्नो माग पूरा नभएको भन्दै एमालेले अवरोध जारी राखेको हो।

अर्को बैठक साउन २४ बुधबार दिउँसो १  बजेका लागि बोलाइएको छ।

प्रकाशित: Aug 08, 2023| 18:47 मंगलबार, साउन २३, २०८०
प्रतिक्रिया दिनुहोस्