बिहीबार, साउन ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • गृहमन्त्रीको जवाफपछि एमालेको प्रश्‍न - उच्चस्तरीय छानबिन समितिको माग के भयो?

गृहमन्त्रीको जवाफपछि एमालेको प्रश्‍न - उच्चस्तरीय छानबिन समितिको माग के भयो?

 |  मंगलबार, साउन २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २३, २०८०

vianetvianet

काठमाडौं- गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्‌मा उठेका प्रश्‍नको जवाफ दिएपछि नेकपा एमालेले फेरि संसद्‌मा अवरोध सिर्जना गरेको छ। एमालेका सांसद उठेपछि सभामुखले एमालेका सचेतक महेश बर्तौलालाई बोल्ने समय दिएका छन्।

बर्तौलाले भने, 'साउन २ गतेदेखि संसद्‌मा उठाएका प्रश्‍नहरुको जवाफ आउनेछ भन्‍ने विश्‍वास थियो। हामीले ती प्रश्‍नका जवाफको साटो ८० प्रतिशतभन्दा बढी राजनीतिक प्रवचन दिनुभयो। हामीले उठाएका प्रश्‍नको जवाफ आउन सकेन। हामीले संसदीय छानबिन समिति गठन गर्न माग गरेका थियौं, त्यसलाई बेवास्ता गर्नुभयो। संसद्‍मार्फत जनतालाई भ्रम फैलाउने काम भयो। सरकारबाट नै सदन अवरोध भएको छ।'सचेतक महेश बर्तौलाले बताए।

उनले भने, 'हामीले राज्यका सबै अंगहरुलाई विश्‍वास गर्छौं। हामीले उच्चस्तरीय छानबिन समितिको माग गर्नुको खास कारण सरकारको जानकारी बिना सुन कसरी सडकमा आइपुग्यो भन्‍ने आशंका छ। हामीले गृहमन्त्रीमाथि नै प्रश्‍न भएकोले उहाँको मातहतमा रहेको सीआईबीले छानबिन गर्न सक्दैन भनेर उच्चस्तरीय छानबिन समिति माग गरेका हौं।'

उनले थपे, 'हामी सदनको प्रमुख प्रतिपक्ष हौं, कहिले सरकारले प्रतिपक्षको हिसाबमा बोलाउँदा हामी जान्छौं, हामी कुनै नाजायज भागबण्डामा सहभागी हुँदैनौं। आज सरकार प्रतिपक्षलाई गलाउने र प्रतिपक्षबीच खेल्‍ने सरकार हेटौंडाको राप्ति खोलाको दर्शनढुंगाजस्तो ऐय्या र आत्था नभन्‍ने स्थितिमा पुग्यो। त्यसकारण हाम्रो विरोध जारी छ।'

 

प्रकाशित: Aug 08, 2023| 18:43 मंगलबार, साउन २३, २०८०
प्रतिक्रिया दिनुहोस्