आइतबार, वैशाख २७, २०८३

गृहमन्त्रीको जवाफपछि पनि एमालेको अवरोध

 |  मंगलबार, साउन २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २३, २०८०

National life

काठमाडौं- गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्‌मा उठेका प्रश्‍नको जवाफ दिएपछि नेकपा एमालेले फेरि संसद्‌मा अवरोध सिर्जना गरेको छ। एमालेका सांसद उठेपछि सभामुखले एमालेका सचेतक महेश बर्तौलालाई बोल्ने समय दिएका छन्।

बर्तौलाले भने, 'साउन २ गतेदेखि संसद्‌मा उठाएका प्रश्‍नहरुको जवाफ आउनेछ भन्‍ने विश्‍वास थियो। हामीले ती प्रश्‍नका जवाफको साटो ८० प्रतिशतभन्दा बढी राजनीतिक प्रवचन दिनुभयो। हामीले उठाएका प्रश्‍नको जवाफ आउन सकेन। हामीले संसदीय छानबिन समिति गठन गर्न माग गरेका थियौं, त्यसलाई बेवास्ता गर्नुभयो। संसद्‍मार्फत जनतालाई भ्रम फैलाउने काम भयो। सरकारबाट नै सदन अवरोध भएको छ।'

प्रकाशित: Aug 08, 2023| 18:41 मंगलबार, साउन २३, २०८०
प्रतिक्रिया दिनुहोस्