आइतबार, वैशाख २७, २०८३

बालुवाटार बैठक निष्कर्षविहीन, संसद् गतिरोध कायमै रहने संकेत

सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको त्रिदलीय शीर्ष नेताबीचको छलफल निष्कर्षविहीन भएको छ।
 |  मंगलबार, साउन २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २३, २०८०

काठमाडौं– अवैध सुन प्रकरणलाई लिएर करिब दुई सातादेखि अवरुद्ध संसद् बैठक खुलाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रयास असफल भएको छ।

National life

सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको त्रिदलीय शीर्ष नेताबीचको छलफल निष्कर्षविहीन भएको छ। यसअघि सभामुख घिमिरेकै पहलमा करिब पाँच पटक शीर्ष नेता र मुख्य दलका मुख्य सचेतक, सचेतकसँग छलफल भए पनि सहमति जुट्न सकेको थिएन।

सोमबार मात्रै सभामुख घिमिरेले शीर्ष नेतालाई सिंहदरबार बोलाएर संसद् खुलाउन छलफल गरे पनि एमाले अडानका कारण संसद् गतिरोध कायमै रहेको थियो। 

एमाले अवैध एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय संसदीय समिति बनाउनुपर्ने माग गरेकामा विशेषगरी सत्तारुढ नेकपा माओवादी केन्द्रले असहमति जनाएपछि संसद् बैठक अवरुद्ध हुँदै आएको छ।

प्रधानमन्त्री प्रचण्डले संसद् गतिरोध हटाउन सभामुख घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष एमाले नेता केपी ओली र तीन वटै दलका प्रमुख सचेतक र सचेतकको उपस्थितिमा बालुवाटारमा सामूहिक छलफल गरे पनि निकास निस्कन नसकेको हो।

प्रकाशित: Aug 08, 2023| 14:17 मंगलबार, साउन २३, २०८०
प्रतिक्रिया दिनुहोस्