धनगढी- डडेल्धुराका एक व्यापारीमाथि चक्कु प्रहार भएको छ। जिल्लाको अमरगढी नगरपालिका–११, रडुवामा होटेल सञ्चालन गर्दै आएका खेमराज अवस्थीमाथि चक्कुर प्रहार भएको हो।
पसलमा भएको बेला गन्यापधुरा गाउँपालिका वडा नम्बर २ का युवाको समूहले चक्कु प्रहार गरेको पीडितले बताए। उनको कान र दायाँ हातको पाखुरामा चक्कुको घाउ लागेको छ। उनको पसलमा समेत तोडफोड गरिएको छ।
महँगोमा मदिरा किन बेच्छ्स् भन्दै ४–५ जनाको युवाको समूहले आक्रमण गरेको उनले बताए। उनले भने, 'उनीहरुले मलाई मार्ने नै नियत राखेर चक्कु प्रहार गरेका हुन्।' घाइते अवस्थीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। घटनास्थल पुगेको प्रहरीले उनको फोटो खिचेर फर्किएको उनले बताए।