आइतबार, वैशाख २७, २०८३

नेविसंघमा ७१० जनाको तदर्थ समिति विस्तार

सभापति देउवाले ७७ जिल्लाबाटै प्रतिनिधि हुने गरी ७१० सदस्यीय नेविसंघ विस्तार गरेका हुन्।
 |  मंगलबार, साउन २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २३, २०८०

National life

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)मा  जम्बो तदर्थ समिति विस्तार गरेका छन्। सभापति देउवाले ७७ जिल्लाबाटै प्रतिनिधि हुने गरी ७१० सदस्यीय नेविसंघ विस्तार गरेका हुन्।

देउवाले ९ चैत २०७८ मा नेविसंघ अध्यक्षमा दुजाङलाई मनोनीत गरेका थिए। देउवाले नेता शेखर कोइराला समूहलाई समेत सहभागी गराएर नेविसंघमा जम्बो समिति बनाएका हुन्।

महाधिवेशन नभएपछि नेविसंघको तदर्थ समिति गठन गरिएको हो। नेविसंघमा ७१० जना सदस्य मनोनीत भएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

प्रकाशित: Aug 08, 2023| 10:47 मंगलबार, साउन २३, २०८०
प्रतिक्रिया दिनुहोस्