शुक्रबार, साउन ९, २०८२

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

 |  मंगलबार, साउन २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २३, २०८०

vianetvianet

काठमाडौं- संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो ३ बजेका लागि बोलाइएको छ।

एमालेले क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति नबनेसम्म संसद चल्न नदिने अडान लिँदै आएपछि साउन १० गतेयता बैठक बस्न सकेको छैन।

एमालेले छानविन समितिको माग गरिरहँदा सरकारले भने यसको आवश्यकता नभएको जनाइसकेको छ।

हिजो दिउँसो १ बजेका लागि बोलाइएको बैठक दलहरुबीच कुरा नमिल्दा सहमतिको प्रयासका लागि सभामुख देवराज घिमिरेले अपराह्न ४ बजेसम्मका लागि स्थगित गरेका थिए। तर, त्यसपछि बसेको दलका शीर्ष नेताहरुको बैठकमा पनि सहमति हुन नसक्दा बैठक आजका लागि सारिएको हो।

आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सबन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने कार्यसूची छ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी गराउने छन्।

प्रकाशित: Aug 08, 2023| 09:08 मंगलबार, साउन २३, २०८०
प्रतिक्रिया दिनुहोस्