आइतबार, वैशाख २७, २०८३

एक बजे बोलाएर चार बजेलाई सारिएको संसद्‍ बैठक भोलिसम्म स्थगित

 |  सोमबार, साउन २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २२, २०८०

काठमाडौं-  सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसद् अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी एमालेसँग सहमति नजुटेपछि सोमबार बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ।

National life

एमालेले जारी राखेको अवरोध हटाउने विषयमा सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा तीन प्रमुख दलका शीर्ष नेताबीच छलफल भएको थियो। तर बैठकमा सहमति नजुटेपछि सूचना टाँसेर ४ बजेसम्मका लागि संसद् बैठक स्थगित गरिएको थियो।

अहिले फेरि शीर्ष नेताहहरु छलफलमा छन्। तर प्रतिनिधि सभा बैठक भने मंगलबार दिउँसो ३ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको छ। संसद् सचिवालयले सूचना टाँस गरेर बैठक स्थगित भएको जनाएको हो।

सोमबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठकको समय निर्धारण गरिएकोमा निर्धारित समयमा बस्न नसक्ने भएपछि ४ बजे बस्नेगरी बैठक निर्धारण गरिएको थियो। तर अब भने मंगलबार दिउँसो ३ बजेका लागि सारिएको छ।

प्रकाशित: Aug 07, 2023| 17:06 सोमबार, साउन २२, २०८०
प्रतिक्रिया दिनुहोस्