आइतबार, वैशाख २७, २०८३

संसद् नचलेकोमा रवि लामिछानेको आक्रोश- यहाँ बार्गेनिङमात्र चल्छ

 |  सोमबार, साउन २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २२, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभाको बैठक नचलेकोमा आक्रोश व्यक्त गरेका छन्। आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर ४ बजेका लागि सारिएको थियो। बैठक पाँच बज्दा समेत सुरु भएको छैन।

National life

यस सन्दर्भमा रास्वपा सभापति लामिछानेले आक्रोश पोखेका हुन्। ‘वर्षौंदेखि देशलाई कसरी प्यारलाइज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कैयौं कानुन बनाउनु पर्नेछ, कैयौं कानुनमा संशोधन आवश्यक छ। जनसरोकारका कैयौं मुद्दामा छलफल र निर्णय गर्नु छ। तर संसद् चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ, दु:खद्।’

त्रिभुवन विमानस्थलबाट गैरकानुनी रुपमा नेपाल भित्रिएको झण्डै एक क्विन्टल सुन प्रकरणमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति माग गरेर दुवै सदनको बैठक चल्न दिएको छैन।

 

प्रकाशित: Aug 07, 2023| 17:03 सोमबार, साउन २२, २०८०
प्रतिक्रिया दिनुहोस्