आइतबार, वैशाख २७, २०८३

सभामुखले बोलाएको शीर्ष नेताबीचको बैठक निष्कर्षविहीन, फेरि बस्दै

दलहरुबीच सहमति नजुटेपछि आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक आज पनि सूचना टाँसेर स्थगित हुने सम्भावना बढेको छ।
 |  सोमबार, साउन २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २२, २०८०

काठमाडौं–१० साउनदेखि निरन्तर अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा खुलाउन सभामुख देवरोज घिमिरेले शीर्ष तीन दलका नेतालाई सिंहदबार डोकर छलफल गरे पनि सहमति जुट्न सकेन। दिउँसो १२ बजेदेखि सिंहदरबारमा भएको छलफलमा कुनै सहमति नजुटेपछि पुनः साढे ३ वा ४ बजे अर्को बैठक बस्ने सहमति बनेको हो।

National life

अब सभामुखसहित शीर्षत नेता सम्मिलित बैठकमा सदन खुलाउने विषयमा अन्तिम छलफल हुने कांग्रेसका मुख्य सचेतक रमेश लेखकले बताए। दलहरुबीच सहमति नजुटेपछि आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक आज पनि सूचना टाँसेर स्थगित हुने सम्भावना बढेको छ।

यद्यपि अहिलेलाई अपराह्न ४ बजे बस्ने भनेर सूचना टाँसिएको छ।

बैठकमा एमाले अध्यक्ष केपी ओलीले सुन प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेकामा प्रधानमन्त्री पुष्पकमल दाहाल एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अस्वीकार गरेको एमाले नेता सुवास नेम्बाङले बताए।

बैठकमा सहभागी कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी–एमालेलाई संसद् चलाउने वातावरण निर्माण गर्न आग्रह गरेको बुझिएको छ। 

प्रकाशित: Aug 07, 2023| 15:10 सोमबार, साउन २२, २०८०
प्रतिक्रिया दिनुहोस्