आइतबार, साउन ११, २०८२

संसदीय समिति नेतृत्वमा भागबन्डाको सहमति, रास्वपा र राप्रपा छुटे

भागबन्डाअनुसार कांग्रेसले ४, प्रमुख प्रतिपक्षी एमालेले ३, माओवादी केन्द्रले २, नेकपा एस, जसपा र जनमत पार्टीलाई एक–एक समितिको नेतृत्व बाँड्ने सहमति भएको हो। 
 |  सोमबार, साउन २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन २२, २०८०

vianetvianet

काठमाडौं– सत्तारुढ र प्रतिपक्षी एमालेबीच मिनी संसद् मानिने प्रतिनिधिसभाअन्तर्गतका विभिन्न १२ वटा संसदीय समितिको भागबन्डा मिलेको छ। कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमत पार्टीले संसदीय समितिको नेतृत्व लिने गरी भागबन्डा मिलाएका हुन्।

भागबन्डाअनुसार कांग्रेसले ४ समितिको नेतृत्व पाउनेछ। प्रमुख प्रतिपक्षी एमालेले ३, माओवादी केन्द्रले २, नेकपा एस, जसपा र जनमत पार्टीलाई एक–एक समितिको नेतृत्व दिने सहमति भएको छ।

माओवादी केन्द्र संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय समितिको भागबण्डा मिलेको जानकारी गराएका हुन्। मुख्य प्रतिपक्षी एमालेले ३ वटा समितिको नेतृत्व पाए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीलाई विमुख गराइएको छ।

संसदीय समितिको सभापति चयन र सदन अवरोध खुलाउनेबारे छलफल गर्न सभामुख देवराज घिमिरेले शीर्ष नेताहरूलाई बोलाएर सिंहदबारमा छलफल गरिरहेका छन्। मध्याह्न १२ बजेदेखि सभामुखको कार्यकक्षमा भइरहेको छलफलमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओली सहभागी छन्।

भागबन्डामा कांग्रेसले अर्थ समिति, संसदीय सुनुवाइ विशेष समिति, राज्य व्यवस्था समिति र कृषि समिति पाएको छ। यस्तै, एमालेले सार्वजनिक लेखा समिति, महिला तथा सामाजिक मामिला समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा नेतृत्व पाउनेछ।

नेकपा माओवादी केन्द्रले पूर्वाधार विकास समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको नेतृत्व गर्नेछ। जसपाले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको नेतृत्व लिनेछ। नेकपा एसलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र जनमत पार्टीलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको नेतृत्व पाउनेछ।

प्रकाशित: Aug 07, 2023| 14:02 सोमबार, साउन २२, २०८०
प्रतिक्रिया दिनुहोस्