आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ गर्न संसदीय समितिलाई पत्राचार

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ गर्न संसदीय समितिलाई पत्राचार

गत १९ साउनको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशमा सिफारिस श्रेष्ठको सुनुवाइ प्रक्रियाका लागि समितिमा पत्राचार गरेको हो।
 |  सोमबार, साउन २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २२, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्षताको संवैधानिक परिषद् बैठकबाट सर्वोच्च अदालतको प्रस्तावित प्रधानन्यायाधीशमा सिफारिस गरिएका कामु प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिमा पठाइएको छ।

National life

गत १९ साउनको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशमा सिफारिस श्रेष्ठको सुनुवाइ प्रक्रियाका लागि समितिमा पत्राचार गरेको हो।

परिषद्ले पत्र पठाएसँगै समितिले प्रारम्भिक बैठक मंगलबार बोलाएर सिफारिस गरिएका प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान गर्ने तयारी भइरहेको प्रतिनिधिसभाका प्रवक्ता एकराम गिरीले बताए।

समितिले श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेपछि उजुरीकर्तासँग छलफल गर्नेछ भने आवश्यक ठाने उपसमितिसमेत गठन गरेर छलफल चलाउनेछ। उजुरीकर्तासँगको छलफलपछि समितिले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई सुनुवाइका लागि निम्ताउनेछ।

सुनुवाइ प्रक्रिया प्रारम्भ भएको ४५ दिनभित्र समितिले निर्णय गरिसक्नुपर्नेछ। श्रेष्ठ सुनुवाइ समितिबाट सर्वसम्मत सिफारिए भए राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन् भने प्रधानन्यायाधीशका रुपमा सपथ खुवाउनेछन्। श्रेष्ठ सुनुवाइमार्फत पास भए सर्वोच्चमा २० असोज २०८१ सम्म प्रधानन्यायाधीशको कार्यभार सम्हाल्नेछन्।

प्रकाशित: Aug 07, 2023| 11:56 सोमबार, साउन २२, २०८०
प्रतिक्रिया दिनुहोस्