आइतबार, साउन ११, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • संसद् अवरोध हटाउन प्रतिपक्षी एमाले फकाउँदै सत्तारुढ माओवादी केन्द्र

संसद् अवरोध हटाउन प्रतिपक्षी एमाले फकाउँदै सत्तारुढ माओवादी केन्द्र

माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा हुँदै आएको अवरोध हटाउन सत्तापक्ष कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेसहितका दलसँग छलफल गर्ने निर्णय भएको हो।
 |  सोमबार, साउन २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन २२, २०८०

vianetvianet

काठमाडौं– ११ साउनदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक आज बस्ने कार्यसूची संघीय संसद् सचिवालयले सार्वजनिक गरेको छ। सत्तारुढ माओवादी केन्द्र र मुख्य प्रतिपक्षी एमालेको झगडाले बन्दी बनेको संसद् फुकाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सक्रियता देखाएका छन्।

आज बिहान बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा हुँदै आएको अवरोध हटाउन सत्तापक्ष कांग्रेसलगायत र प्रमुख प्रतिपक्षी एमालेसहितका दलसँग छलफल गर्ने निर्णय भएको हो।

माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले  सदन चलाउन प्रतिपक्षी एमालेसँग गम्भीर छलफल गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले बताए।

अवैध एक क्विन्टल सुन प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले सदन चल्न दिएको छैन। ‘सदन अवरुद्ध भइरहेको छ। कसरी सुचारु गर्ने भन्ने विषयमा संसदीय दलको बैठकमा छलफल भयो। प्रधानमन्त्रीसमेत रहनुभएका दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्ष र प्रमुख प्रतिपक्षीसहित दलसँग ठोस छलफल गरेर निचोड निकाल्ने बताउनुभयो,’ पाण्डेले भने।

संसदीय दल बैठकमा संसदका समिति सभापति चयन गर्ने विषयमा पनि छलफल भएको नेकपा माओवादी केन्द्रले जनाएको छ। सदन अवरोध हटाउन सभामुख देवराज घिमिरेले पनि आजै तीन पार्टीका शीर्ष नेतासँग छलफल गर्दै छन्।

प्रकाशित: Aug 07, 2023| 11:27 सोमबार, साउन २२, २०८०
प्रतिक्रिया दिनुहोस्