आइतबार, वैशाख २७, २०८३

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल स्विट्जरल्याण्ड प्रस्थान

 |  सोमबार, साउन २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २२, २०८०

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्विट्जरल्याण्ड प्रस्थान गरेका छन्।

National life

प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्विट्जरल्याण्ड लगायतका विभिन्न देशहरूमा आयोजना हुने पूर्व निर्धारित विभिन्न कार्यक्रमहरूमा सहभागी हुन नेता नेपाल टर्किस एयरको विमानद्वारा आज बिहान इस्तानबुल हुँदै जेनेभा प्रस्थान गरेका हुन्। नेता नेपाल भदौ १ गते स्वदेश फर्किने छन्।

यसैबीच, ललिता निवास जग्गा प्रकरणमा हिजो सर्वोच्च अदालतबाट भएको आदेशका सन्दर्भमा नेपाल जानकार रहेको उनको निजी सचिवालयले जनाएको छ।

सबै प्रकारका भ्रष्ट्राचार एवम् अनियमितताको निष्पक्ष छानविन गरी दोषी उपर कडा कारबाही हुनुपर्छ र मुलुकमा सुशासन कायम गर्नुपर्छ भन्ने कुरामा नेता नेपाल दृढ रहेको सचिवालयले जनाएको छ।

प्रकाशित: Aug 07, 2023| 09:56 सोमबार, साउन २२, २०८०
प्रतिक्रिया दिनुहोस्