सोमबार, साउन १२, २०८२

माओवादी पदाधिकारीको जिम्मेवारी हेरफेर

 |  आइतबार, साउन २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन २१, २०८०

vianetvianet

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेका छन्। जारी केन्द्रीय कमिटी बैठकको अन्तिम दिन आज बसेको पदाधिकारी बैठकले जिम्मेवारी हेरफेरको निर्णय गरेको हो।

यसअनुसार बागमती प्रदेशको इन्चार्जमा उपमहासचिव जनार्दन शर्मा तोकिएका छन् भने अर्का उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मेवारी दिइएको छ।

सचिव देवेन्द्र पौडेल मधेश प्रदेशका इन्चार्ज भएका छन्। सुदूरपश्चिममा डिलाराम आचार्य, लुम्बिनीमा मातृका यादव, कोशीमा लिलामणि पोखरेल र कर्णाली प्रदेशमा चन्द्रप्रकाश खनाल इन्चार्ज तोकिएका छन्।

प्रकाशित: Aug 06, 2023| 13:34 आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्