आइतबार, वैशाख २७, २०८३

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै

 |  आइतबार, साउन २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २१, २०८०

National life

काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ। गत बुधवार देखी सुरु भएको केन्द्रीय समिति बैठकमा हालसम्म झन्डै २ सय जना केन्द्रीय सदस्यले आ आफ्नो धारणा राखिसकेका छन्। आज बस्ने बैठकले पार्टीको योजना बनाउने र कार्यविभाजनको प्रक्रिया अघि बढाउने तयारी छ।

शनिबारको बैठकमा जर्नादन शर्मा, वर्षमान पुनलगायतका नेताले आ आफ्नो धारणा राखेका थिए। मङ्सिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन्।

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।

प्रकाशित: Aug 06, 2023| 08:59 आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्